काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँण संसद् बैठकमा अनुपस्थित भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीले पक्राउ गरेपछि कांग्रेसभित्र त्यसले तरंग पैदा गरेको छ । खाँण पक्राउ परेपछि यो प्रकरणमा नाम मुछिएकी उनकी पत्नी मञ्जु संसद् बैठकमा उपस्थित छैनन् ।
यस्तै, सोही प्रकरणमा नाम जोडिएकी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु पनि संसद् बैठकमा अनुपस्थित छिन् । “दुवैजना भाउजूहरु आजको बैठकमा उपस्थित हुनुभएको छैन,” कांग्रेसका एक सांसदले भने । नक्कली शरणार्थी प्रकरणमा आरजुले दुई करोड र मञ्जुले ६ करोड रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।