पाथीभरा जाने क्रममा बेपत्ता भएका लोकप्रसाद पराजुली मृत फेला

ताप्लेजुङ । पाथीभरा जाने क्रममा गत २२ गते बिहानदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत भेटिएका छन्।

६० वर्षीय पराजुलीलाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार माथिल्लो फेदीदेखि करिब साढे दुईर तीन किलोमिटर उत्तर पट्टिको जंगल क्षेत्रमा उनको शव भेटिएको हो ।

परिवारका सदस्यसहित पाथीभरा दर्शनका लागि गएका उनलाई माथिल्लो फेदीदेखि मान्छेलाई पिठ्यूमा बोकाएर लगिएको थियो । शौचालय जानेभन्दै जंगलतर्फ पसेका उनी नफर्किएपछि खोजी भएको हो ।

परिवारभने पूजापाठ गर्न दुई दिन अघिदेखिनै मन्दिरमा रहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनलाई समापनको दिन पुग्नेगरी लगिएको थियो । उनी हराएर खोजतलास गर्दा नभेटिएपछि परिवारका कतिपय सदस्य झापा पुगेर सोमबार फेरि आएको प्रहरीले बताएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ। प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थलको अध्ययन गरी शव उठाउने र पोस्टमार्टम गर्ने प्रक्रियामा जाने प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित