विराटनगरमा ६५ वर्षीय वृद्धले पेट्रोल छर्किएर आफैंलाई लगाए आगो

विराटनगर । विराटनगरमा ६५ वर्षका वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका छन्।

प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका–७ का गोविन्दप्रसाद नेपालले आज (बिहीबार) बिहान साढे १० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएका हुन्।

ग्यालेनमा पेट्रोल लिएर आएको उनले विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पुगेपछि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए।

स्थानीयले आगो निभाएर वृद्धलाई नोबेल शिक्षण अस्पताल पुर्याएका थिए। अवस्था गम्भीर रहेका उनको थप उपचारका लागि विराटनगर–२ को रेडक्रस अस्पताल एन्ड ट्रमा सेन्टरमा लगिएको छ।

शरीरको अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थाका उनको साथमा रहेको झोलाबाट नागरिकता फेला परेकाले त्यसैबाट उनको पहिचान भए पनि घटनाको कारण भने खुलेको छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित