काठमाडौं। गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मिलेर सरकार बनाउने भएका छन् । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हरिबहादुर चुमानले सहमतिअनुसार सरकार बनाउँदा पहिलो कार्यकाल कांग्रेसलाई दिन सहमति जनाएपछि कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुने भएका छन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समयसिमा अघि नै सरकार दाबी गर्न जाने तयारी गरेको नेताहरूले बताएका छन्। माओवादीका चुमानले भने,‘आज अपरान्ह ४ बजेअघि नै हामी सरकार दाबी गर्न जान्छौं, कांग्रेसका सुरेन्द्र पाण्डेजी मुख्यमन्त्री बन्नुहुन्छ ।’
चुमानले सरकारमा आफूहरु र कांग्रेसको आधा आधा कार्यकाल नेतृत्व रहने जानकारी दिए । पाण्डेले आधा कार्यकाल नेतृत्व गरेपछि आफूले सरकारको नेतृत्व गर्ने उनको भनाई छ ।