एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधबारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोसी प्रदेश नामकरणमा विरोध गर्नेहरूले ढुंगामुढा गरेको बताए।

उनले सो घटना हुनु दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताउँदै ढुंगामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए।

गृहमन्त्री श्रेष्ठले ‘अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे। गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताए।

यस्तै, उनले मिटरब्याजपीडितहरूलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउने गरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको जानकारी गराए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित