विद्यार्थी नभएपछि विद्यालय समायोजन

मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ ।

वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट(१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । ‘गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ’, उनले भने।

यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख मदनभक्त अधिकारीले बताए । ‘नगरपालिकाको नगर कार्यपालिकाको बैठकले उक्त विद्यालयलाई अर्को विद्यालयमा समायोजन एवं व्यवस्थापन गर्ने निर्णय गरेको हो’, नगर प्रमुख अधिकारीले भने ।

नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । ‘विद्यालयलाई वीरेन्द्र आधारभूत विद्यालयमा समायोजन गर्ने, उक्त विद्यालयको भौतिक र अन्य सम्पत्ति वीरेन्द्र आधारभूत विद्यालयको प्रत्यक्ष नियन्त्रण र स्वामित्वमा रहने गरी व्यवस्थापन गरिएको छ’, उनले भने।

त्यस्तै उक्त विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैँडाकोट–३ मा रहेको मंगलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए ।

‘हाल विद्यालयमा विद्यार्थी नभएपछि कर्मचारीलाई अन्यत्र व्यवस्थापन गरिएको हो’, उनले भने, ‘पछि फेरि आवश्यकता भएमा पुनःसञ्चालन गर्नसक्ने गरी सम्बन्धन र भौतिक संरचना यथावत राखिने छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित