एमाले र जनमतका प्रतिनिधिले मतपेटिका राखेको चाबी बोकेर हिँडेपछि मतगणना रोकियो

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । नेकपा एमाले एमाले र जनमत पार्टीका प्रतिनिधिहरूले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेको र म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको स्रोतको भनाई छ ।

निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरूलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गरेको थियो । तर उनीहरू नआएपछि मत गणना रोकिएको छ ।

बारा क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित