आकाशमा आधा घण्टा घुमेको फ्लाइ दुबईको जहाजमा के थियो समस्या ?

काठमाडौं । आधा घण्टासम्म ठूलो आवाज आएर काठमाडौंको आकाशमा घुमेको फ्लाइ दुबईको जहाजको इन्जिनमा एयर फ्लो (कम्प्रेसर स्टल) का कारण ठूलो आवाज आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पाइलटले एटीसीसँग कम्प्रेसर स्टल भएको र समस्या समाधान भएको जानकारी गराएको थियो।

‘यस्तै घटना पहिला गल्फ एयरमा पनि आएको थियो। पाइलटकै नियन्त्रणमा रिकभरी हुने समस्या हो। जहाजको इन्जिनमा एयर फ्लो राम्रोसँग नहुँदा यस्तो समस्या आउने हो। यसलाई इन्जिन सर्ज पनि भनिन्छ,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने। ती अधिकारीका अनुसार इन्जिन फेल भएको भने होइन।

‘जहाज उड्नेवित्तिकै समस्या आएपछि काठमाडौंको आकाशमा एक फन्को लगाएर धार्के पुग्यो। त्यसपछि पाइलटले जहाज होल्ड गरे,’ ती अधिकारीले भने, ‘त्यसपछि पाइलटले समस्या समाधान भएको जानकारी दिएर चेकलिष्ट अनुसार आफ्नो गन्तव्य तर्फ गएको हो।’

आकाशमा आगोको मुस्लोसहित जहाज देखिएको बारे ती अधिकारीले भने ‘एयर फ्लोको मिसम्याचले इन्जिनमा आगोको झिल्को देखिएको हो। तर त्यो आफैं समस्या समाधान भएर गयो।’

यता प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जहाजमा समस्या देखिएपनि पाइलटले नै समाधान गरेर गन्तव्य तर्फ गएको बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित