बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई पछि पारेका हुन् । यादवले एक हजार ३९० मत पाउँदा कुशवाले एक हजार ३०१ मत पाएका छन् । यादव ८९ मतले अगाडि छन्।
यता नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ६२९ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २५९ मत र आम जनता पार्टीका अरूण ज्ञवालीले १२४ मत पाएका हुन्।