निसीखोलाका उपाध्यक्ष घर्तीले निजीबाट निकालेर सरकारीमा भर्ना गरे छोराछोरी

बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले निजी विद्यालयबाट छोराछोरीलाई निकाली सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

नयाँ शैक्षिकसत्र शुरुसँगै उपाध्यक्ष घर्ती मगरले छोराछोरीलाई निसीखोला गाउँपालिका–५ मा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् ।

उपाध्यक्ष घर्तीमगरले ११ वर्षका छोरा ग्लजिन घर्तीमगरलाई कक्षा ६ र ५ वर्षकी छोरी इला घर्तीमगरलाई कक्षा १ मा भर्ना गरेका हुन् ।

‘सामुदायिक विद्यालयमा सरकारको धेरै लगानी छ, हामी स्थानीय सरकारले पनि सार्वजनिक शिक्षामा कसरी गुणस्तर कायम गर्न सकिन्छ भनेर योजना पनि बनाइरहेका छौं,’ उपाध्यक्षले भने, ‘निजी भन्दा सार्वजनिक विद्यालय जनशक्ति र पूर्वाधारको हिसाबले अब्बल  छन् ।’

सार्वजनिक विद्यालयमा पढाई राम्रो छैन भन्ने भ्रम पारिएको बताउँदै त्यसलाई चिर्न सरकारी विद्यालयप्रतिको विश्वास बढाउनुपर्ने बताए ।

‘निजी विद्यालयमा मासिक १० देखि १५ हजार खर्च हुँदै आएको थियो,’ उनले भने, ‘ सार्वजनिक विद्यालयमा खर्च पनि कम हुने र पढाई पनि राम्राे हुने भएपछि सरकारीमै भर्ना गरें ।’

बागलुङको निसीखोलामा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालय नमुना विद्यालय पनि हो ।

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम, प्राविधिकतर्फ पशु भेटेनरी एवम् ‘प्लस टु’ मा शिक्षा तथा मानविकीशास्त्र पढाई  हुँदै आइरहेकाे छ । हाल विद्यालयमा ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित