बिहे गर्न नमानेपछि दम्पत्ति मिलेर युवकको हत्या

बीरगञ्ज । लिभिङ टुगेदरमा बसेर बिहे गर्न नमान्दा एक युवकको हत्या भएको छ । युवकको हत्या गरी फरार रहेका दुवै एक दम्पत्तिलाई बारा प्रहरीले भारतको केरला राज्यबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ भिश्वा टोल बस्ने २४ वर्षका रामु भनिने कैलाश महतो र उनकी श्रीमती २० वर्षकी रोशनी देवी रहेकी छन्।

दुवै जना गत मङ्सिर २७ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका ८ राजानगर टोलमा बस्ने २२ वर्षका सुरज भन्ने महेश साहको हत्या गरेर फरार रहँदै आएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक महेश र कैलाशकी श्रीमती रोशनी देवी लिभिङ टुगेदरमा बस्ने गरेका थिए। सोही क्रममा रोशनीले महेशलाई बिहे गर्न दवाव दिएकी थिइन्। तर पहिलेदेखि बिहे भएको र एक जना छोरीकी आमा रोशनीसँग महेशका परिवारले बिहे गर्न मानेका थिएनन्।

बिहे गर्न नमानेपछि रोशनी र उनका श्रीमान कैलाशले गत मङ्सिर २७ गते बारा विश्रामपुर गाउँपालिका ५ इटयाही टोलमा भेट्न बोलाएर महेशको हत्या गरी खेतमा रहेको परालको भुसमा लुकाएका थिए।

सोही बेलादेखि फरार रहँदै आएका दम्पतीलाई भारतीय प्रहरीको सहयोगमा भारतको केरलाबाट पक्राउ गरी शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको बारा एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित