बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

तानसेन । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–६ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार दिउसो तिनाउ गाउँपालिका–३ फुलगैरामा गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित