बालेनलाई झड्का : तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालयको फोहर तीन दिनभित्र उठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले शुक्रवार काठमाडौं महानगरको नाममा आदेश जारी गरेको हो ।

सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णयविरूद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चका रिट दायर गरेका थिए ।

सरकारले आफूहरुका माग सम्वोधन नगरेको भन्दै काठमाडौंका मेयर बालेन्द्र साहले सिंहदरवारको फोहर नउठाउन निर्देशन दिएका थिए । सिंहदरबारको फोहर उठाउने जिम्मा पाएको कम्पनीलाई फोहर उठाएमा इजाजतपत्र खारेजको चेतावनी बालेनले दिएका थिए ।

मेयरको निर्देशनपछि केही दिनयता सिंहदरबारको फोहर उठेको थिएन । सर्वोच्चले काठमाडौंको फोहर विसर्जन गर्ने नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइटका सरोकार सम्वोधन गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित