गठबन्धन तनहुँका उम्मेदवार गोबिन्द भट्टराईले दिए उजुरी

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सत्तागठन्धनको नेपाली कांग्रेसबाट उम्मेद्वार रहेका गोबिन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा काठमाडौंबाट सञ्चालित एक अनलाईन समाचार पोर्टलले मतदातालाई प्रभाव पार्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०बाट उपनिर्वाचनका लागि उम्मेदवार डा। स्वर्णिम वाग्लेको पक्षमा मत सर्वेक्षण भनि समाचार प्रकाशित गरेको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

स्वर्णिमको पक्षमा माहोल बनाउन निर्वाचनको केही दिन अगाडि नियोजित षडयन्त्रकारुपमा मत सर्वेक्षण भनि समाचार प्रकाशन गरेको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३(ण), ४ को (ञ), (ट), (ठ), (ड), (त) दफा २५ बमोजिम कसुर गरेकोले दफा ४५ बमोजिम उजुरी दिएको र दफा ४६ र दफा ४९ बमोजिम कारवाही गरिपाउँ भन्दै उम्मेद्वार भट्टराईले उजुरी दिएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित