हावाहुरी र चट्याङको सम्भावना छ सावधानी अपनाउनुस् : महाशाखा

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टा तराईका केही स्थानमा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महाशाखाले आगामी २४ घण्टा सावधानी अपनाएर सम्भावित जोखिम र क्षतिबाट बच्न आग्रह गरेको हो ।

‘आगामी २४ घण्टामा तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले चट्याङ्ग, हावाहुरीबाट हुनसक्ने जोखिमर क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । साथै आगामी २४ घण्टा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित