सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिटमा आज निर्णय हुँदै

काठमाडौ। राष्ट्रपति कार्यालय शितल निवास र सिंहदरबारको फोहोर उठाउन माग गरिएको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सुनुवाइ गरिरहेको छ।

बिहीबारदेखि उक्त निवेदनमा राउतको एकल इजलासले सुनुवाइ गरिरहेको हो। बिहीबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए। रिटमा काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहलाई समेत विपक्षी बनाइएको छ।

फोहोर उठाउने निर्णयबाट काठमाडौं महानगरपालिका पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रँदा रोग फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। स्थानीय र संघीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर काम गर्नुपर्ने दाबी रिटमा गरिएको छ।

सर्वोच्चले सुुनवाइ सकेर अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा महानगरले फोहोर उठाउनुपर्ने छ। महानगरका प्रमुख शाहले सिंहदबारले आफूलाई सहयोग नगरेको भन्दै फोहोर नउठाउने निर्णय गरेका थिए।

सिंहदरबार र राष्ट्रपति कार्यालय शितल निवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतका अधिवक्ता पदमबहादुर श्रेष्ठले वैशाख ४ गते रिट दर्ता गराएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित