उपनिर्वाचनले त्रिविको वैशाख १० को परीक्षा सर्‍यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख ४ गतेदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सुरु भएको छ । १० गते व्यवस्थापन र मानविकी संकायको केही विषयका परीक्षा सञ्चालन गर्ने कार्यतालिका थियो ।

निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले परीक्षाको मिति सार्ने निर्णय गरेको हो । अन्य दिनको परीक्षा भने पूर्वप्रकाशित रुटिनअनुसार नै हुने कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित