नेप्सेमा २७ अंकको वृद्धि

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सकारात्मक आर्थिक सूचक सार्वजनिक गरेकै दिन नेप्सेमा सकारात्मक वृद्धि हुन पुगेको हो । केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको, १५ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको त समीक्षा अवधिमा शोधानान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा देखाएको छ । यसैदिन नेप्सेमा २७.३१ अंकले बढेर १८ सय ७१.३३ अंकको विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ प्रतिशतले बढेर ३५५.४५ अंकको विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचकहरू धनात्मक हुँदै सेयर बजारमा नै हरियाली छाएको छ । म्यानु एण्ड प्रो समूहको उपसूचक ३.२८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.३५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.५७ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको उपसूचक १.४१ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको सेयर मूल्य आज ३.५४ प्रतिशतले घट्न पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित