चलचित्र ‘प्रसाद २’ ले पायो रिलिज हुने अनुमति

काठमाडौँ । नेपाली चलचित्र ‘प्रसाद २’लाई रिलिजको बाटो खुलेको छ । उच्च अदालत पाटनले उक्त फिल्मको रिलिज रोक्ने गरि केशव पाण्डेले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसका कारण फिल्म अब रिलिज हुन पाउनेछ ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजालसले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि अन्य कानुनी बाटो अपनाउन सक्ने आदेश दिएको छ । केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न भने नसक्ने आदेश अदालतले दिएको छ ।

अदालतले फिल्मको प्रदर्शन नै रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नभएको बताएको छ । फिल्म शुक्रबारदेखि रिलिज हुनुपर्ने थियो । तर, केशव पाण्डेले फिल्मको प्रदर्शन रोकि पाउँ भनी उजुरी दिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित