पिएन क्याम्पसको स्ववियु निर्वाचन वैशाख ३ गते हुने

पोखरा । देशकै सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु चुनाव हुने भएको छ । चैत ५ गतेको चुनाव आन्तरिक विवाद र अदालतको आदेशका कारण रोकिएको थियो । विद्यार्थी संगठनहरुबीच सहमति भएपछि वैशाख ३ गते चुनाव गर्न लागिएको हो।

निर्वाचन समितिले गत चैत ५ गते हुन नसकेको निर्वाचन आगामी वर्ष वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ । बुधबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यहाँ १० हजार ८७० जना मतदाता छन् ।

यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । अहिले विद्यार्थी संगठन ताला खोल्न तयार भएका छन् । पोखरामा हालसम्म वन विज्ञान अध्ययन संस्थानमा मात्रै चुनाव भएको छ । बाँकी ५ क्याम्पसको चुनाव अन्योल भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित