सांसद ढाकाकुमारसंग सम्बन्धित थप दुई अडिओ सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा। ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको दोस्रो दिन नै थप दुई अडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको दोस्रो अडिओमा आफूलाई ढाकाकुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन संवाद छ । उक्त अडियोमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् । त्यस्तै अर्को अडियोमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतम तथा सांसद ढाकाकुमारबीच पनि सम्वाद भएको सुनिन्छि ।

ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले यो अडियोमा भनेका छन्– ‘दुर्गा प्रसाईंजीले त्यो अडियोको बारेमा केही बोलिदिनु भयो भने केही पोजिटिभ मेसेज जान्थ्यो अनि सजिलो हुन्थ्यो भन्ने कुरा मेरो हो । तपाईंले केही प्रयास गर्नुहुन्थ्यो भन्ने के सर । यो कुरा बढाएर के फाइदा उहाँलाई ।’

आइतबार सार्वजनिक अडिओमा ढाकाकुमार श्रेष्ठ भनिएका व्यक्तिले आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै प्रसाईंसँग पैसा मागेको कुराकानी छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित