एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको २ हप्तामै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

आइतबार एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका थिए । एमाले सरकारबाट फिर्ता भएसँगै कर्णालीमा कांग्रेसलाई सरकारमा जान बाटो खुलेको छ ।

४० सिट भएको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो कांग्रेसको १४, माओवादीको १३, एमालेको १०, नेकपा एस, राप्रपा र स्वतन्त्रका एकएक सांसद छन् । ठूलो दलका रुपमा कांग्रेसले यहाँ मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित