उठेन सिंहदरबारको फोहोर

काठमाडौँ । शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए ।

हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भएन । तर, आज (आइतबार) भने कार्यालय समयअगावै उठ्नुपर्ने फोहोर अहिलेसम्म उठाइएको छैन । बालेनले घोषणा गरेको २४ घण्टामै सिंहदरबारको फोहोरको फोहोर उठ्न छोडेको हो । सिंहदरबारको फोहोर पुतली बगैचामा थुपारिएको छ ।

यससँगै स्थानीय सरकार र संघीय सरकारबीच द्वन्द्व सिंहदरबारबाट सुरु भएको छ । सिंहदरबार परिसरको फोहोर उठाउने जिम्मा काठमाडौँ महागनरपालिकाले निजी कम्पनीलाई सुम्पेको छ । परिवर्तन सेवा प्रालिले महानगरको आदेश आएपछि मात्र फोहोर उठाउने संकेत गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित