रुकुमपूर्वमा मृत फेला परेका दिदीबहिनीको शव आज पोष्टमार्टम गरिँदै

रुकुमपूर्व । मृत अवस्थामा भेटिएका रुकुमपूर्वक पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्माका दुई दिदीबहिनीको शव पोष्टमार्टम गरिँदै छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज (शनिबार) पोष्टमार्टम हुन लागेको हो ।

दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्टमार्टम हुन लागेको उहाँको भनाइ छ । डीएसपी श्रेष्ठले तालमिप्राप्त कुकरसहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको जानकारी दिएका छन् । साथै घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले केही भन्न नमिल्ने उनको भनाइ छ ।

घरबाट सिस्नो टोप्ने भनी चैत २२ गते दिउँसो घरबाट निस्किएका रन्माका तारामान बुढामगरका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर २३ गते रन्मा गाउँ नजिककोभीरमा मृत अवस्थामा फेला परेका थिए ।

उनीहरूको हत्या गरेर भीरमा फालिएको आशङ्का गरिएको छ । उनीहरूले लगाएका गरगहना लुटिएकाले लुटपाटका लागि हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । अनुसन्धानका लागि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित