महेन्द्रबहादुर शाहीको फेसबुक पेजमा महिलाको अश्लील तस्बिर

काठमाडौं । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय सांसद महेन्द्रबहादुर शाहीको नामबाट चलाइएको फेसबुक पेज ह्याक भएको छ । ‘सेक्रेटेरियट अफ एक्स चिफ मिनिस्टर,कर्णाली प्रदेश’ नामको पेज ह्याकरको कब्जामा पुगेको हो ।

४७ हजार फलोअर्स भएको पेजमा ह्याकरले उच्छृङ्खल खालको तस्वीर राखेको छ ।
हिजो राति सो पेजबाट पूर्वमुख्यमन्त्री शाहीको फोटो हटाएर वान पिस लगाएकी युवतीको तस्वीर पोस्ट भएको छ ।

झण्डै एक सातादेखि फेसबुक पेज ह्याक भएको पूर्व मुख्यमन्त्री शाहीले बताए । पटकपटक रिकभर गर्न खोज्दा पनि सफल हुन नसकेको उनको भनाइ छ । उनका अनुसार उक्त पेज सचिवालयका सल्लाहकार धुव्र बुढाथोकीले चलाउँदै आएका थिए । बुढाथोकीको फेसबुक अकाउण्ट ह्याक भएको केहीदिनमै सचिवालयको पेज पनि नचल्ने बनेको उनी बताउँछन् ।

‘फेसबुक ह्याक भएको साता बितिसकेको छ । अझैपनि रिकभर हुन सकेको छैन । सचिवालयका सल्लाहकार पनि रोल्पा जानु भएकाले अप्ठ्यारो परेको छ । ह्याक भएदेखि उक्त पेजमा अहिलेसम्म एउटा पनि पोस्ट हालिएको थिएन । हिजो राति अचानक त्यस्तो फोटो हालियो । हामी साइबर ब्यूरो जाने तयारीमा छौं’,उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित