गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वाससमेत व्यक्त गरे।
‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छ। हामी छिट्टै सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्याउनेछौं,’ उनले भने।
सरकारको एक सय दिनको कामले देशमा विकास र समृृद्धिको आधार खडा भएको उनले बताए।
एक सय दिनमा सामाजिक न्याय, सुशासन र विकास थालनीका लागि थुप्रै काम प्रारम्भिक रुपमा अघि उनको भनाइ छ।
अहिले चमत्कार जस्तो नदेखिए पनि सय दिनको कामले गुणात्मक सुधारका निम्ति, प्रगतिका लागि आधार खडा गरेको छ। मलाई गर्व छ मैले छोटो अवधिमा राजनीतिक उतारचढावका बीचमा पनि देश र जनतालाई सकारात्मक दिशा दिने अवसर प्राप्त भयो,’ उनले भने।