अष्ट्रेलियामा अप्रिल १६ देखि ‘जारी’ प्रदर्शन हुने

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनीत फिल्म जारीको ट्रेलर सार्वजनिक भएसँगै विदेशमा माग बढिरहेको छ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।
यसैबीच फिल्म अष्ट्रेलियाको विभिन्न सहरहरूमा पनि प्रदर्शन हुने भएको छ। फिल्मलाई रोशन भट्टराई समूहले प्रदर्शन गर्न लागेको हो।

‘यतिबेला जारीले फिल्मी बजारलाई तताइरहेको छ। हामीले नेपाली फिल्म मन पराउनु हुने नेपालीहरूको मागलाई ध्यानमा राखेर फिल्मलाई अष्ट्रेलिया ल्याएका हौं,’ भट्टराईले भने।

फिल्म ‘जारी’ अप्रिल १६ र १७ तारिख सिड्नीको अर्बनमा रहेको रिडिङ फिल्म हलमा प्रदर्शन हुने भएको छ। यसैगरी फिल्म अष्ट्रेलियाको राजधानी क्यानभेरामा अप्रिल १८, २१ र २३ प्रदर्शन हुनेछ।

वैशाख महिनाको पहिलो हप्तादेखि अष्ट्रेलियाका मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ, डार्बिन र तास्मानियामा पनि प्रदर्शन हुने तयारी भइरहेको छ। ‘जारी’को सिड्नी शोको आयोजना एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन भिसा सर्भिसले गरिरहेका छन्। यो फिल्म नेपालमा वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित