अपडेट : नक्कली परीक्षार्थी पक्राउ पर्नेको संख्या १९९ पुग्यो

मोरङ । मोरङका एसईई परीक्षा केन्द्रहरुमा नक्कली परीक्षार्थीको लर्को देखिएको छ। मोरङ प्रहरीले विहीबार एकैदिन १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार आज जिल्लाका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो।

मोरङको झोराहाट, केराबारी र हरैचामा नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले जानकारी दिए।

ग्रामथान गाउँपालिका २ को सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए। त्यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित