सर्वोच्चले माग्यो रवि लामिछानेमाथि मुद्दा नचलाउनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयसँग राहदानी विवादमा रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गर्नुको कारण मागेको छ।

सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले मंगलबार महान्याधिवक्ताको कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए । पोखरेलको निर्णयबाट लामिछानेले क्लिन चिट पाएका थिए ।

त्यसविरुद्ध सिन्धुलीका युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिटमा राहदानी विवादमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरिएको थियो तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

अब महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा लामिछानेलाई मुद्दा नचलाउने निर्णय गर्नुको कारण अदालतको पत्र प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित रुपमा पेश गर्नुपर्नेछ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित