मुगु ।मुगुमा बुधबार दिउँसो एक प्रहरी जवानले आत्महत्या गरेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का २६ वर्षीय अनिल बुढाले दिउँसो पौने ३ बजेतिर आत्महत्या गरेका हुन् ।
उनले छायानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
उनी हाल नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत नेपालगन्ज कोहलपुर बाँके दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मुगुमा काजमा खटिएका थिए । उनी अस्थायी प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक महेशले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।