रविले अमेरिकी राहदानी त्यागेको निस्सा झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्च अदालतले मगाएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी भएको थियो।

उक्त आदेशमा रविले अमेरिका राहदानी त्यागेको निस्सा (प्रमाण) पेस गर्न भनिएको छ। आदेशमा भनिएको छ, ‘रवि लामिछानेले राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाई पेश गर्नू।’

यसैगरी विपक्षीको नाममा १५ दिनभित्र जवाफ पेस गर्न पनि आदेशमा उल्लेख गरिएको छ। ‘निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी गरिरहनु नपर्ने हो सो को कारणसहित १५ दिनभित्र जवाफ पेस गर्नू’, आदेशमा उल्लेख गरिएको छ।

यसअघि रविको नागरिकता सम्बन्धी विवादमा संवैधानिक इजलासबाट गत माघ १३ गते भएको आदेशको मिसिल समेत पेस गर्न भनिएको छ।

लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित