वडा कार्यालयमा आगजनी गर्ने एक जना पक्राउ

इलाम । चैत ९ गते राति माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन् । घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगजनी गरेपछि लिम्बुले चोरी गरी लगेका वडा कार्यालयबाट कम्प्युटर, मनिटर, राउटर, माउस, किबोर्डसहितका सामग्री समेत बरामद गरिएको जनाइएको छ । लिम्बुले के कारणले वडा कार्यालयमा आगजनी गरेका हुन् भन्ने खुलिनसकेको र आगजनी तथा चोरी मुद्दा दर्ता गरी उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित