प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको रिट निवेदनको सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा प्रचण्ड विरुद्धको रिट निवेदनको सुनुवाइ हुँदै छ ।

यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको सुनवाइ भएको थियो । २०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायत सशस्त्र द्धन्द्धका पीडितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि अदालतले प्रचण्डविरुद्धको मुद्दा लिन नमाने पनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दरपीठको आदेश बदर गरेपछि अदालतमा रिट दर्ता भएको थियो । अदालतमा मुद्दा चलेसँगै तत्कालीन माओवादी घटकहरू एक भएर यो रिटको विरोध गरिरहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित