वीरगञ्ज । नारायणी यातायात कार्यालय, वीरगञ्जबाट पर्सा प्रहरीले एघारजना बिचौलियालाई पक्राउ गरेको छ।
कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो(छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र(बाहिर गर्ने उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने पटक(पटक जनगुनासो प्राप्त हुन आएकोले प्रहरी कार्यालयमा पुगेको थियो।
सोही क्रममा सेवाग्राहीलाई दुस्ख दिने एघार जना बिचौलियालाई पक्राउ गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानका सातजना, पर्साको कालिकामाइ गाउँपालिकाका एक जना र बाराको पर्सौनी गाउँपालिका वडा नम्बर(३ नौतन बस्ने एक, वडा नम्बर(६ एक जना, परवानीपुर गाउँपालिका(५ नौतन टोलका एक जना गरी एघार जना रहेको बुढाथोकीले बताए।
पक्राउ परेका उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट सात दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको उनले जानकारी दिए।