उपनिर्वाचन प्रचार १५ दिन

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।

बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । बारा–२ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा २४ र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सक्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।

कसको विरुद्ध उजुरी पर्‍यो भन्ने यकिन विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले उजुरीउपर जाँचबुझ गरी बुधबार निर्णय दिनुपर्ने हुन्छ । कार्यालयले बुधबारै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बिहीबारसम्म समय निर्धारण गरिएको छ । तीन क्षेत्रमा ३६ जना स्वतन्त्र उम्मेदवार छन् ।

बारामा २४ र चितवनमा १२ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाइने समय तोकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित