राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकबाट दुई विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ पारित गरेको हो ।

यी विधेयकहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दर्ता गराएको थियो । सरकारको तर्फबाट तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दर्ता गराएका थिए ।

सार्वजनिक सेवा प्रसारण विधेयकमा सरकारी सञ्चार माध्यमको रुपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकै प्रसारण संस्थामा गाभेर सार्वजनिक सेवा प्रसारण संस्था निर्माण गर्ने उल्लेख छ ।

राष्ट्रियसभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा जानेछन् । राष्ट्रियसभाको अर्को बैठक आउँदो चैत २७ गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित