उद्योग वाणिज्य महासंघ चुनाव : वरिष्ठ उपाध्यक्ष उम्मेदवार अन्जन श्रेष्ठको प्यानल दर्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुन गइरहेको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्ज श्रेष्ठको प्यानल दर्ता भएको छ । जसअनुसार वस्तुगततर्फका हालका उपाध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै उनको प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएटर्तफको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले बताए ।

यसअघि एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार बन्ने चर्चा थियो । सहमतिको लागि आफूले उम्मेदवारी दर्ता नगरेको पाण्डेले बताए । भरत आचार्यलाई समर्थन गर्दै मैले उम्मेदवारी नदिएको होु उनले भने ।

उम्मेदवार दर्तापछि श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्‍याउन, संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि र संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित