रामपुर क्याम्पसको स्ववियु निर्वा‌चन रद्द गर्न कांग्रेसको माग, विद्यार्थीमाथि कुटपिटको निन्दा

काठमाडौं । नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रद्द गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त क्याम्पसको स्ववियू निर्वाचन रद्द गरी पुन निर्वाचन गराउन माग गरेका हुन्। चैत १७ गते भएको निर्वाचनमा अनेरास्ववियुका दिवस पौडेल अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन एकलौटी भएको भन्दै नेविसंघले बहिस्कार गरेको थियो। पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण बुझाउन गएका स्ववियु सचिव पदका उम्मेदवारमाथि आक्रमण भएकोमासमेत कांग्रेसले निन्दा गरेको छ।

रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संस्थासँग कुनै समन्वय नै नगरी अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी २०७९ चैत १७ गतेका दिन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेको घटनालाई लिएर पुनः निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस भित्रै आक्रमण गरिएको छ र उनी गम्भीर घाइते भएका छन्। यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, कांग्रेसको विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित