टिकटक प्रतिबन्ध गर्ने देशको सूचीमा थपियो अस्ट्रेलिया

काठमाडौं । सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने सूचीमा अस्ट्रेलिया पनि सामेल भएको छ । अस्ट्रेलियन सरकारले सुरक्षालाई ध्यानमा राख्दै सरकारी कार्यालयमा प्रयोग हुने र कार्यालमा काम गर्ने कर्मचारीको मोबाइल लगायतका डिभाइसमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि अमेरिका, ब्रिटेन, न्युजिल्याण्ड, क्यानडा, बेल्जियमका साथै युरोपियन अन्तर्गतका देशले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाएका छन् । सोही अनुरुप अस्ट्रेलियन सरकारले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अस्ट्रेलियामले करिब ७ महिना टिकटकको सेक्युरिटी रिक्स अध्ययन गरेर यो निर्णय लिएको हो । उक्त अध्ययनबाट आएको निष्कर्षका आधारमा सरकारले पहिलो चरणमा सरकारी कार्यालयमा प्रयोग हुने डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ‘देशको सुरक्षा हिसाबले यो निर्णय निकै महत्वपूर्ण रहेको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले भने, ‘गृह विभागले गरेको अध्ययनका आधारमा यो निर्णय लिइएको हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित