काठमाडौं उपत्यकासहित यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ।

आज अपराह्नतिर काठमाडौंमा पनि क्षणिक वर्षा हुने सम्भावना छ। ‘तर पानी पर्ने सम्भावना ३० प्रतिशत मात्र छ’, मौसमविद् झाले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित