बिपी र रविको भिजन तुलना गर्न मिल्छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तुलना गरेका छन्।

चितवनमा आइतबार भएको एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले वि।सं।२०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताएका थिए। ०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री बनेका थिए।

‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ,’ वाग्लेले भने, ‘त्यो भिजन, त्यो महत्वकांक्षा देशलाई यहाँ पुर्‍याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ।’ बिपीबारे स्वर्णिमले यस्तो तुलना गरेपछि उनको आलोचनासमेत हुँदै आएको छ।

तनहुँ १ मा उपनिर्वाचन लड्न वाग्लेले केही दिनअघि कांग्रेस परित्याग गरेका थिए। वैशाख १० मा हुने उपनिर्वाचनका लागि उनलाई रास्वपाले तनहुँ १ मा उम्मेदवार बनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित