बैतडीमा जीप दुर्घटना : एकजनाको मृत्यु,११ घाइते

बैतडी । बैतडीमा जीप दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटा भन्ने स्थानमा सोमबार बिहान ११ बजेति गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका छन् । जीपमा सवार १२ जना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य सवार ११ जना घाइते भएका छन् ।

उनीहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोली समेत घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जीप सडकबाट करिब ७० मिटर तल खसेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित