देशको लागि म घाँडो भए मारिदिए भैगो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीलाई कुनै बाह्य सहयोग नभएको बताएका छन्।

चितवन–२ बाट उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले जनता भन्दा बाहेकको शक्ति आफूसँग नभएको दाबी गरे।
‘सार्वभौम जनताको शक्ति बाहेक म सँग अर्को कुनै शक्ति छैन,’ लामिछानेले भने।

चितवन–२ मा प्रधानमन्त्रीको भित्रि समर्थन छरु भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले त्यस्तो केही नभएको बताए। ‘मलाई कसैको समर्थन छैन। कसैसँग गठबन्धन नगरी चुनाव आफ्नो बलमा जित्नुपर्छ भनेर लागेका छौं। कसैले समर्थन गर्छ भने हामी धन्यवाद भन्छौं।’ लामिछानेले भने।

साथै, उनले नागरिकतासम्बन्धी उठेको विषयमा प्रश्नबारे जवाफ दिँदै उनले न्यायीक प्रक्रियालाई प्रभावित नपारेको समेत बताए।
‘मैले न्यायीक प्रक्रियालाई कहिल्यै प्रभावित पारेको छैन पार्नेछैन। अदालतको फैसलाले लेखिदिएको छ कि, सन् २०१८ मा नै सकिएको भनेर,’ उनले भने, ‘त्यसलाई पनि कसैले व्याख्या गरिदियो भने त एउटै उपाय छ। म घाँडो नै भएको हो भने त मारिदिए भैगो।’न्यायीक प्रक्रियाबाट टुंगिसकेको विषयमा पुनः बयान दिन जरुरी नभएको लामिछानेले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित