काठमाडौं । दाङबाट काठमाडौं आउनुपर्ने यात्रुलाई बिना जानकारी नेपालगञ्ज पुर्याउने सीता एयरलाइन्समाथि नेपाल नागरिक उड्डयन प्राधिकरणले छानविन सुरु गरेको छ ।
गत चैत १५ मा काठमाडौं आउँदै गरेका १४ यात्रुलाई नेपालगञ्जमा अवतरण गराएर सीता एयरको जहाज हुम्ला उडेको थियो । सोही विषयबारे नयाँ पत्रिका दैनिकमा समाचार छापिएपछि नियामक निकाय प्राधिकरणले छानविन गर्ने भएको हो ।
जहाज हुम्लाबाट फर्किएपछिमात्रै यात्रुलाई काठमाडौं ल्याउने भनिएको थियो । तर यात्रुले विरोध गरेपछि उनीहरूलाई बुद्ध र श्री एयरको जहाजमार्फत काठमाडौं ल्याइयो ।