६ रुपैयाँले घटेर आयो डिजलको मूल्य

काठमाडौं। भारतबाट पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले १५ १५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ ७४ पैसा र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसाले मूल्य घटेर आएको छ।

निगमलाई यसले अबका दिनमा निकै नाफा हुने देखिएको छ। यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ। पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ।

निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ। नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ ।

आफ्नो नोक्सान बढ्छ भन्दै मूल्य बढाउने मामिलामा निगम व्यवस्थापन हतारिने गरेको छ। तर, घटाउने मामिलामा की उपभोक्ताले सडकबाट दबाब दिनुपर्छ, नत्र सरकारले नै हस्तक्षेप गर्नुपर्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित