आज प्रतिनिधिसभाको बैठक, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकका लागि चारबुँदे दैनिक कार्यसूची सार्वजनिक भइसकेको छ।

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने कार्यक्रम छ।

यस्तै आज नियमावली मस्यौदा समितिको प्रतिवेदनबारे दफाबार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची छ।

संघीय संसद्‌का महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्।

यसपछि उक्त मस्यौदा प्रतिवेदनबारे प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि नियमावली मस्यौदा समितिका सभापति केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित