रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा खुला

काठमाडौं । छिमेकी चीनसँगको रसुवागढी नाका शनिबारदेखि पूर्णरूपमा खुला गरिएको छ। कोभिड–१९ का कारण चीनले आंशिक रूपमा मात्रै नाका खुला गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा शनिबार नेपाली सामग्री र सवारी चीन पठाएका थिए । दुवै देशका प्रतिनिधिको उपस्थितिमा चीनको पास लिएका नेपाली नागरिक पनि केरुङ जान दिइएको थियो।

कोरोना महामारीपछि २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका पूर्णरूपमा बन्द थियो । त्यसयता नाका आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाकाबाट अब नेपाली सवारीसाधन केरुङसम्म जान पाउने बताए ।

उनका अनुसार अब मानिसको आवतजावत पनि पूर्णरूपमा खुलेको छ। नाका खुलेसँगै शनिबार नै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री बोकेका २४ मालवाहक कन्टेनर केरूङ गएका छन्। अन्य सामग्री आयातका लागि ६३ वटा कन्टेनर पनि केरुङ गएका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित