पर्सामा लोसपाका जिल्ला सचिव सहित १२० बढी नेताहरू जनमतमा प्रवेश

वीरगन्ज । पर्सामा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। वीरगन्जमा शनिबार आयोजित कार्यक्रममा लोसपाका जिल्ला सचिव राजनारायण मिश्रासहितका नेताहरू जनमतमा पार्टीमा प्रवेश गरेका हुन्।

मिश्रासँगै लोसपाकी महिला संगठनकी जिल्ला अध्यक्ष अन्जना गुप्ता, लोसपाका वीरगन्ज महानगर सचिव संजय पटेल, युवा नेता मनोज साह, मोहम्मद शेख अरशद, मोबाइल एसोसिएशन पर्साका अध्यक्ष महादेव शर्मा, युवा अभियन्ता आशिष श्रीवास्तव, सत्युग साह,रेखा सरार्फ, विणा श्रीवास्तव लगायत १२० जना जनमत पार्टी प्रवेश गरेको जनमत विद्यार्थी संघका अध्यक्ष राजुराज गिरिले जानकारी दिए।

जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहको प्रमुख आतिथ्यता एंव जिल्ला संयोजक ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नजमा खातुन, सुजित चौरसिया, नरेश पटेल, दिपेन्द्र यादव लगायतको पनि उपस्थिति थियो।

त्यसै अवसरमै पत्रकार मुना ठाकुरको अध्यक्षतामा ९ सदस्यीय प्रेस जनमत संघको जिल्ला कार्य समिति पनि गठन गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित