के भन्छन् सरकारबाट बाहिरिएपछि सीके राउत ?

काठमाडौं । सत्ता घटक जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जपा सत्ताकै लागि कुर्सीमा टाँस्सि नरहने पार्टी नभएको जिकिर गरेका छन् ।

शुक्रबार सरकारबाट बाहिरिएपछि उनले जनताको सेवा गर्नको लागि सरकारमा गएको तर निर्वाचनको क्रममा जनतासँग गरेको वाचा पुरा हुन नसक्ने देखिएपछि सत्ता त्याग गरेको स्पष्टिकरण दिएका छन् ।

‘हामीले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाई सहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन सकिएन भन्ने सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी जनमत पार्टी होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राउतले राजीनामा दिएका मन्त्री अब्दुल खानलाई बधाई दिँदै जपा स्वराजी कुनै मन्त्री पदको भोको होइन नभएको उनले प्रमाणित गरेको उल्लेख गरेका छन् ।

‘हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने हामी त्यहाँ टाँसिरह्नुको औचित्य हुँदैन।’

प्रधानमन्त्रीले शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्प्रति असन्तुष्टी जनाउँदै मन्त्री खानले राजीनामा दिएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित