काठमाडौं । जेलबाट छुटेपछि पल शाहको पहिलो म्युजिक भिडिओ सार्वजनिक भएको छ । प्रताप दास र अस्मिता अधिकारीले स्वर दिएको ‘तिमीसँगै हुँदा’ बोलको गीतको म्युजिक भिडिओमा पल देखिएका हुन् ।यसअघि पल शाहले ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको फिमेल भर्सनको भिडियोबाट कमब्याक गर्ने बताएका थिए । तर, त्योभन्दा अगाडि नै ‘तिमीसँगै हुँदा’को भिडिओ सार्वजनिक भएको हो ।
‘तिमीलाई हेर्ने‘ गीतको भिडियो पल आफैंले उत्पादन गरेका हुन् भने यो भिडीओ उनले पारिश्रमिक लिएर खेलेका हुन् । अघिल्लो गीत चाहीँ पलको आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक हुनेछ ।जेल पर्नुअघि एकदेखि डेढ लाख लिएर भिडिओ खेल्ने पल शाहले जेलबाट छुटेपछि पारिश्रमिक दोब्बर बनाएका छन् । यो भिडिओमा उनले झण्डै ३ लाख पारिश्रमिक लिएको दावी गरिएको छ ।